नवजागरण साकोसको कुल संस्थागत पुँजी ९ प्रतिशत

मन्थली १ । रामेछाप स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्थाले २०८१ बैशाख मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागको निर्देशन बमोजिम संस्थाले हरेक महिना यस्तो रिपोर्ट प्रकाशन गर्दै आएको छ । प्रकाशित विवरण अनुसार संस्थाको कुल संस्थागत पुँजी ८.९६ प्रतिशत रहेको छ । संस्था दीगोपनाको प्रमुख आधार भनेको संस्थागत पुँजी हो । जति धेरै संस्थागत पुँजी भयो उतिनै संस्था सबल मानिन्छ । नेपालमा संस्थागत पुँजी ८ प्रतिशतभन्दा बढी रहेका संस्था कमै मात्रामा छन् ।

यस अवधिसम्म आईपुग्दा संस्थाको कुल सेयर पुँजी ४ करोड ४८ लाख ३५ हजार १ सय रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा ६ करोड ४० लाख ७९ हजार ४ सय ४० रुपैयाँ, अन्य कोषहरुमा ७६ लाख ७७ हजार ९ सय ७९ रुपैयाँ रहेको छ भने संस्थागत पुँजी ६ करोड ५५ लाख २१ हजार ७१ रुपैयाँ अर्थात् ८.९६ प्रतिशत रहेको छ । त्यस्तै कुल बचत ५७ करोड ४६ लाख ९४ हजार ७ सय ५८ रुपैयाँ, लगानी ३८ करोड ३ लाख ६६ हजार ७ सय ९१ रुपैयाँ रहेको छ । संस्थाको वित्तीय लगानी २७ करोड ९७ लाख २० हजार ४५ रुपैयाँ र तरलता ३ करोड १४ लाख ९७ हजार ९ सय ५५ रुपैयाँ रहेको छ । संस्थाको कुल सम्पत्ती ७३ करोड १५ लाख ५ सय ६० रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *