चट्ट परेका चट्याङ माष्टर,कोमल मन सबको आधार ।
७२ औं बर्ष जन्म दिनको
शुभकामना । भाग १
चट्ट परेका चट्याङ माष्टर
हासि रहेका हेरन मुहार ।
नाम परेछ कृष्ण मुरारी
थर रहेछ गौतम हरी ।१
उमेर गाको छैननि भन्छन
अझै जवानी बनी हिड्छन ।
कोट लगाउँछन जुङा पालि
न्याय दिनमा छैनन् जालि ।२
बुढो भएनि हेरन कस्ता
ज्युंका तिउँछन बीस वर्षे जस्ता ।
हिडि रहन्छन आफनै जोशमा
कमि छैन उनको होसमा ।३
भरखर उनी आधा उमेरझै
जहिले हेर्यो देख्छौं भरखर कै ।
छैन मनमा खोट उनको
मिठास बोलि भावछ मनको ।४
निष्कपट ज्ञान बहस पारेर
हिड्छन अघि पाईला सारेर ।
मनका भावले खोट लिदैनन्
प्यारो मान्छन चोट दिदैनन ।५
तल्लिन हुन्छन साना ठुलामा
बिबेकतामा मायाँ अडाउँन ।
अर्ति दिन्छन हिम्मत वढाउन
जगाई लिन्छन माथि चढाउँन ।६
झुट्टा होईन साचों बोल्ने
कण्ठष्तले हृदय खोल्ने ।
भक्ति भाव सबमा दिने
न्याय भित्र सबदिन रहने ।७

हाम्रा दिव्य घट्तै गयो
उनका दिव्य अगि बढ्यो ।
गरेनि काम जेष्ठमानको
न्याय ल्याए सब समानको ।८
सबले गुरु मान्दा रहेछन्
कल्याणकारि ठान्दा रहेछन् ।
हेला थियो बृद्धहरुको
लड्दै ल्याए बृद्ध न्याएको ।९
दिर्घायु होस् तिम्रो जीवन
रोगको भारी बन्दै नबन ।
हृदय भाव सधै छर्नेछु
कोटि कोटि मायाँ गर्नेछु,।१०
सेवा भावका मायाँ मिलाई
सत्यता तिमिले छोड्छौे दिलाई ।
जगमग गरि जग बसाले
मैहुं भन्ने नेता खसाले ।११
बृद्धहरुको आशिष लिए
न्याय रुपि भावना दिए ।
बृद्धाहरुको जय जयकार
गर्दै हिड्दा पाए पुरस्कार ।१२
हृदय रुपि मलाई लिन्छौ
हसि मुहारले मायाँ दिन्छौ
कोटी कोटि मेरो भावना
तिमिमा सधै शुभकामना ।।१३
हृदय स्वच्छ राख्छौ भावना
जन्म दिनको शुभकामना ।
गर्यौ दुख सुख सामना
जन्म दिनको शुभकामना ।।१४

















