तरुण दलले गृहमन्त्रीको राजीनामा माग्दै निकाल्यो मसाल जुलुस

काठमाडौं । सोमबार काठमाडौंको बत्तीसपुतलीदेखि गौशालासम्‍म गृहमन्त्री लामिछानेको राजीनामा माग्दै तरूण दल काठमाडौंले मसाल जुलुस निकालेको छ । साथै सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको तरूण दल काठमाडौंका अध्यक्ष दिनेश विक्रम शाहले बताए । ‘गृहमन्त्री ज्‍यूको सहकारीमा ठगी गर्नु भएको कागजात नै सार्वजनिक भइसकेपछि पनि कारबाही नगर्नुले सरकार सहकारी ठगहरूको संरक्षण गरिरहेको अनुभूति भइरहेको छ।

सहकारी ठगलाई सरकारले नै जोगाएर राखेको छ । त्यसकारण गृहमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ।उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर, रवि लामिछाने होइन ठगी लामिछाने, सहकारी ठगलाई नाकको डाँडी भाँचिने गरी कहिले हान्‍ने ?, गजब छ बा , बा गिरीबन्धुमा भ्रष्टाचारी, छोरा सहकारी ठग’ लगायतका नारा लगाएका थिए । गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे जवाफ दिंदै आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *