मन्त्रीहरु संसदमा नआएको र बाढी-पहिरोबारे जानकारी नगराएको भन्दै लेखकद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार संसदप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै लेखकले सरकारका मन्त्रीहरु संसदमा आउन छोडेको र बाढी पहिरोबाट भएको क्षति बारे अहिलेसम्म जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । लेखकले सरकार अल्पमतमा परेको र विश्वासको मत लिने तयारी गरेको छ, तर पनि पदमा रहुन्जेल संसद र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउदै बाढी पहिरोको क्षतिको संसदलाई जानकारी दिन आग्रह गरेका छन् ।
अर्का नेपाली कांग्रेस सांसद एनपी साउदले बैठकमा कैलाली कन्चनपुरमा अहिलेसम्मकै बढी बर्षा भएको बताउदै सरकारले तत्काल राहत र उद्धारको काम अगाडी बढाउन माग गरेका थिए ।