कांग्रेस संस्थापनइतरले मन्त्री बन्नेको नामको टुंगो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले नयाँ सरकारमा मन्त्री बन्नेको नाम टुंगो लगाएको छ । स्रोतका अनुसार, टुंगो लगाइएका नाम नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेका छन् । इतर समूहले चार मन्त्रालय पाएको स्रोतको जिकिर छ ।

सिफारिस नाममा सुर्खेतबाट निर्वाचित सांसद हृदयराम थानी, धादिङबाट विजयी रामनाथ अधिकारी छन् । यस्तै, काठमाडौंबाट निर्वाचित सांसद प्रदीप पौडेल र सप्तरीबाट विजयी तेजुलाल चौधरीको नाम सिफारिस गरिएको स्रोतको दाबी छ । स्रोतका अनुसार, मन्त्री बन्न सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार मुख्य आकांक्षी थिए । तर, उनीहरूलाई छानिएन । राज्यमन्त्री पाए लीला बोखिम, प्रतिमा गौतम, मैना कार्की रावललगायतको पनि चर्चा छ । मन्त्रीको टुंगो लगाउन आइतबार बिहान विशालनगरमा उक्त समूहको बैठक बसेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *