नेपाली कांग्रेसका नेता सिंह र एमालेका उपाध्यक्ष पौडेल बने उपप्रधानमन्त्री
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् ।
आज (सोमबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द पौडेलले सिंह र पौडेललाई पद तथा गोपनियताको शपथ गराएका छन् ।
सोहि क्रममा नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले उपप्रधान सहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । साथै एमालेका सांसद विष्णु पौडेलले उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका थिए । कांग्रेसको समर्थनमा ओलीले शुक्रबार प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए । कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बनेका छन् । ओलीलाई कांग्रेसका ८८ र एमालेका ७८ सांसदको समर्थन छ ।