नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजु देउवालाई परराष्ट्र मन्त्रलायको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवा पहिलो पटक मन्त्री बनेका छन् । यसो त आरजु मात्र पहिलो पटक मन्त्री बन्ने होइन बर्तमान नवमन्त्रिपरिषद्‌मा १० वटा यस्ता नयाँ अनुहार देखिएको छ ।

सभापति शेरबहादुर देउवा पत्नी समेत रहेका आरजु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पहिलो पटक मन्त्री बनेका हुन् । उनले परराष्ट्र मन्त्रलायको जिम्मेवारी पाएका छन् । यस्तै कांग्रेस सहमहामन्त्री समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा नजसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी नयाँ अनुहार हुन् ।

यता नेकपा एमालेका तर्फबाट रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि नयाँ अनुहार हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *