नेपाली कांग्रेस शेखर-गगन समूहले टुग्यायो तीन मन्त्रीको नाम
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला गगन थापा समूहले तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ ।
विशालनगरस्थित कोइरालाको सचिवालयमा शेखर–गगन समूहको बैठकले प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारीको नाम टुंग्याएको हो । पौडेलले स्वास्थ्य तथा जनसंख्या, पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्ययन र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने छन् ।
बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा. मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी सहभागी थिए ।