लोसपाका नेता शरतसिंह भण्डारी १७औं पटक मन्त्री बने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी १७औं पटक मन्त्री बनेका छन् ।

लोसपाले भण्डारीलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीका लागि सिफारिस गरेको हो । उनले अहिलेसम्म स्थानीय विकासदेखि बिना विभागीय, खेलकुद मन्त्रालय, स्वास्थ्य, पर्यटन, रक्षा, उर्जा  जलस्रोत हुदै श्रममन्त्रालयसम्मको जिम्मेवारी सम्हालेका छन् । यस पटक भण्डारी श्रममन्त्रीको शपथ लिएका छन् ।

भण्डारी एक मात्र यस्ता नेता हुन् जो कुनै सरकार परिवर्तन हुदा अवसरबाट बन्चित भएका हुन् । पंचायत बदलिएर प्रजातन्त्र आउदा होस् वा गणतन्त्र आउदा होस्, उनी मन्त्री बन्ने क्रम अहिले पनि जारी रहेको छ । उनको नाममा सबै व्यवस्थामा मन्त्री बनेको नयाँ किर्तिमान छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *