उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुत श्रीवास्तवले गरे भेटवार्ता
काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतीय राजदुत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।
आज (मंगलबार) सिंहदरबारस्थित मन्त्रालयमा सिंहलाई राजदुत श्रीवास्तवले भेटवार्ता गरेको उनको सचिवालयले जानकारी गराएका हुन् । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उनीहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताए।