नेप्सेमा ५४ अंकको बृद्धि

काठमाडौँ । नेप्सेमा उच्च वृद्धि भएको छ ।

बुधबार नेप्से ५४.०४ अंकले बढेर २३६४.६३ अङ्कमा पुगेको हो । आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर एक लाख ४९ हजार ६८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ बराबरको कारोबार भएको छ। आज सेन्ट्रल फाइनान्सको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सिंगटी हाइड्रोको ९.९७, अन्खु खोला हाइड्रोको ९.९५ प्रतिशतले बढेको छ । त्यस्तै आज सिटिजन म्युचुअल फन्ड २ को शेयर मुल्य सबैभन्दा बढी ९.९० प्रतिशतले घटेको छ । 

आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिंगटी हाइड्रोको २३ करोड ३५ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रा एण्ड डेभलपमेन्ट बैंकको २२ करोड ७१ लाखको कारोबार भएको छ । 

हिजो पनि एकैदिन नेप्से ७०.१८ अंकले बढेको थियो । नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेको दिन सोमबार घटेको नेप्सेले मंगलबारदेखि भने ठुलो अंकले बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *