रमेश बडाल महान्यायाधिवक्ता नियुक्त
काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले आज बुधबार नियुक्त गरेका हुन्।
बडाललाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नियुक्त गरिएको राष्ट्रपति पौडेलको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।