पुष्पकमल दाहाल प्रचण्डद्वारा आगामी निर्वाचन एक्लै लड्ने घोषणा
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन एक्लै लड्ने घोषणा गरेका छन् ।
पार्टी कार्यालयमा जारी पदाधिकारी बैठकमा उनले ०८४ मा हुने आमनिर्वाचन एक्लै लडेर जित्ने र भ्रष्टहरूलाई पुनः बढार्ने घोषणा गरेका हुन् । ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ, प्रचण्डले भने, बैठकमा ०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल गरेका छौं ।’
प्रचण्डले १८ महिना सरकारको नेतृत्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको दाबी गरेका छन् ।