सिटिजन्स बैंकको डेढ अर्ब रुपैयाँ खुद नाफा आर्जन

काठमाडौं । सिटिजन्स बैंक गत आर्थिक वर्ष २०८०।८१ को चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले गत वर्ष करिब डेढ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा २७.९७ प्रतिशत कम भएपनि बैंकले गत वर्ष १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशत घटेर ५ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ८२ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असारसम्म बैंकको नेट फि तथा कमिशन इनकम २८.३१ प्रतिशत बढेर १ अर्ब १२ करोड ४९ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १.५७ प्रतिशत बढेर ७ अर्ब १ करोड ९८ लाख रुपैयाँ छ भने सञ्चालन नाफा १९.३२ प्रतिशत घटेर २ अर्ब ७ करोड ७८ लाख रुपैयाँ छ । गत असारसम्म बैंकको वितरणयोग्य नाफा ६१ करोड ६१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ र जगेडा कोष ८.७९ प्रतिशत बढेर ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकको निक्षेप १२.०७ प्रतिशत बढेर १ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ संकलन गरी कर्जा ९.६५ प्रतिशत बढाएर १ खर्ब ५३ अर्ब ३२ करोड रुपैयाँ प्रवाह गरेको छ ।

बैंकको कूल निक्षेपमा चालु र बचत निक्षेप परिचालनको अवस्थामा उल्लेख्य सुधार भएको छ । पूँजी पर्याप्तता अनुपातमा समेत सुधार भएको छ । गत वर्ष बैंकले निक्षेप, कर्जा दुवैमा उल्लेख्य वृद्धि गर्न सफल भएको छ भने बैंकको बेसरट एकल अंक ८.२६ प्रतिशतमा झार्न सफल भएको छ । यस्तै बैंकको कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) ८१.८४ प्रतिशत कायम राखेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ३.६७ रुपैयाँ घटेर ९.४५ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २०.४७ गुणा रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) ४.०७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.९९ प्रतिशत थियो । आर्थिक क्रियाकलापहरुमा सुस्तताका बावजुद पनि गत आर्थिक वर्षमा बाग्मती प्रदेशमा ४ गण्डकी प्रदेशमा २, कर्णाली प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा २ गरि ९ वटा थप शाखाहरु संचालनमा ल्याएको छ । सबै प्रदेशको प्रदेश कार्यालयमा लर्निङ्ग सेन्टर संचालनमा ल्याएको छ । कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु संचालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु संचालन गर्न बैंकले लर्निङ्ग सेन्टरको स्थापना गरेको हो । यो लर्निङ्ग सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बाग्मतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरि एकैपटक ३६५ जनाले कार्यक्रममा सहभागीता जनाउन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *