महानगर नजिक सडक भासिएपछि बालेनको प्रतिकृया-खोलामाथि घर-बाटो होइन पुल बनाउनुपर्छ
काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिकको सडक भासिएको छ।
काठमाडौं महानगरपालिका कार्यालय अगाडि टुकुचा खोलामाथिको सडक गए राति भासिएको स्थानीयले जनाएका छन् । महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा सडक भासिएको हो । प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ । बाटो बन्द भएपछि सवारी आवतजावत मै कठिनाई भएको् छ । दरबारमार्गबाट कमलपोखरी जाने सवारीलाई नारायणहिटीको मुख्य ढोका हुँदै डाइभर्सन गरिएको छ ।
उक्त सडक भासिए पछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिकृया दिदै खोलामाथि घर र बाटो नभएर पुल बनाउन पर्ने बताएका छन ।
उनले लेखेका छन मेयर बालेनले केही समयअघि खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरु गरेको बताउँदै त्यसमा अदालतका कारण रोकिनु परेको लेखेका छन् ।
अदालतको आदेशपछि टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानुन बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको उनले बताएका छन ।
उनले सरकारले चाँडो भन्दा चाँडो लगत कट्टा गरेर उचित क्षतिपूर्ति वा मुआब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताए । यस पश्चात् खोला खोल्ने काम महानगरले अगाडि बढाउने मेयर बालेनले बताएका छन् ।