नेपाली बजारमा आइतबार सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । आज तोलामा ७ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार १ सय रुपैयाँमा कायम थियो ।

यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७ सय २० रुपैयाँमा कायम भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *