भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्र मन्त्री देउवा आज स्वदेश फर्किँदै
काठमाडौँ । भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् ।
भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ।
परराष्ट्र मन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले लगायतसँग भेटवार्ता गरेकी छन् । भेटका क्रममा नेपाल भारत सम्बन्ध, व्यापार, कनेक्टिभिटी, हवाई रुट, विद्युतलगायत बहु आयामिक द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ ।