राष्ट्रिय सहकारी बैंकले ३८ ठाउँको जग्गा बेच्दै

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आफ्नो नाममा रहेको विभिन्न ठाउँको गैर बैंकिङ सम्पत्ति(जग्गा) बिक्रीमा राखेको छ । बैंकले विभिन्न ठाउँमा रहेका ३८ वटा कित्ता घडेरी बिक्री गर्ने जनाएको छ । बैंकले काभ्रे, झापा, मकवानपुर, नुवाकोट, धनुषा, धादिङ, सुनसरी, महोत्तरीका विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्ने भएको हो । बैंकका अनुसार बनेपा, धनकुटा, बिर्तामोड, दमक, हेटौंडा, सूर्यविनायक, नुवाकोट, जनकपुर, चपुर, केन्द्रीय कार्यालय, भरतपुर, धरान, जनकपर शाखा कार्यालयमा सम्पर्क गरी बिक्रीमा राखिएको जग्गा खरिद गर्न सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *