सुनको मूल्यमा फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि, भदौ ५ गते एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबारको तुलनामा छापावाल सुन प्रतितोला ८०० रुपैयाँमा बढेर आज कारोबार भएको हो । मंगलबार एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ८५५ रुपैयाँ कारोबार भएको छ । मंगलबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *