एमालेले गण्डकीमा टुंग्यायो ४ मन्त्रीको नाम

काठमाण्डौं । नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जना बागलुङका कृष्ण पाठक, नवलपुरकी पद्मा जिसी, कास्कीका प्रकाशबहादुर केसी र पर्वतका मित्रलाल बस्यालको नाम एमाले टुंग्याएको स्रोतले बताएको छ । संसदीय दलका नेता खगराज अधिकारीले यसपटक मन्त्रीमा कुनै अनुहार नदोहोरिने बताएका थिए । आइतबारमात्र बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको कार्यक्षेत्र टुंग्याउँदै संख्या पनि ९ बनाएपछि एमालेले पनि मन्त्री हुनेको नाम टुंगो लगाएको हो । गुट र भूगोलसमेत मिलाएर दलका नेता अधिकारीले आज बिहानमात्रै नाम टुंगो लगाएको उनी निकट स्रोतले बतायो । पर्वतका बस्यालले संसदकै ज्येष्ठ सदस्य भएर सभाध्यक्षको भूमिकासमेत निर्वाह गरेका थिए । नवलपुरकी पद्मा यसअघि नै मन्त्री बन्ने चर्चा थियो । उनी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर हुन् भने अरु सबै खगराज समूहका हुन् । गण्डकीमा एमालेभित्र स्थायी कमिटी सदस्य खगराज र उपहासचिव पृथ्वीसुब्बा समूहको गुटगत राजनीति छ । मन्त्री हुने पक्का भएका प्रकाशबहादुर केसी राप्रपाबाट एमाले प्रवेश गरी खगराजकै जोडबलमा समानुपातिक सांसद बनेका हुन् ।

केसी यसअघि राप्रपा कोटाबाटै खाद्य संस्थानको महाप्रबन्धकसमेत भएका थिए । केसीलाई मन्त्री बनाउने भएसँगै नेता खगराजमाथि एमाले सांसदबाटै असन्तुष्टि व्यक्त गरिरहेका छन् । बागलुङका पाठक खगराज निकट संसदमा खरो प्रस्तुति राख्ने सांसदका रुपमा चिनिन्छन् । उनलाई यसपटक मन्त्री बनाउन निकै दबाब आएको एमालेका सांसदहरुले बताउँदै आएका थिए । २२ जना सदस्य रहेका एमालेबाट मन्त्री हुनेमा धेरै जना आकांक्षी थिए । तर ४ जना मन्त्रीको नाम टुंगो लगाइसकेको बताउँदै अधिकारीले भने, ‘नाम र मन्त्रालयपछि पछिमात्र सार्वजनिक गर्छौं । गण्डकीमा ९ मन्त्रालयमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिने नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई ४ मन्त्रालय दिइएको छ । एमालेका चारै जना मन्त्रीको आजै सपथ गर्ने तयारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *