कांग्रेसमा जुट्यो महामन्त्रीको प्रतिवेदनमा सहमति

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेदनमा उठाएका विषयहरुमा सहमति जुटेको छ । ०८२ भित्रै महाधिवेशन गर्ने भन्ने महामन्त्री गगन थापाको प्रस्तावमा महाधिवेशनको मिति घोषणाको अधिकार केन्द्रीय समितिकै भए पनि संगठन सुदृढीकरण, कार्यकर्तामा अधिवेशनमा हुने अस्वस्थ भावनाको न्यूनीकरण र निर्वाचनमा जाँदा पार्टीमा एकताको भावना विकासका लागि विधानले तोकेकै समयमा महाधिवेशन गर्ने कार्यकर्ताको भावना अनुरुप आफूले त्यस्तो प्रस्ताव राखेको भन्दै त्यसलाई पार्टी केन्द्रीय समितिबाट मिति तय गर्नेगरी सच्याएका छन् । उनले महाधिवेशन समयमै सम्पन्न गर्न क्रियाशील सदस्यता वितरण सदस्यता कार्ड वितरणसहित काम संगठन सुदृढीकरण अभियानसँगै सञ्चालन गर्ने प्रस्ताव अघि सारेका छन् महाधिवेशन ०८२ भित्रै सम्मगर्ने भन्ने व्यवस्थामा –महाधिवेशन समयमै सम्पन्न गर्न सदस्यता वितरणसहितका काम अघि बढाउने छौँ । विधान संशोधनका लागि सबै तहबाट छलफल र सुझाव दिनेगरी काम अघि बढाउन छिटै विधान मस्यौदा समिति गठन गर्ने छौँ, थापाले आफ्नो परिमार्जित प्रस्तावमा भनेका छन्, “केन्द्रीय समितिले विधान अनुरुप तोकिएकै समयमा मिति घोषणा गरी महाधिवेशन सम्पन्न गर्नेछौँ । थापाले पार्टी संगठन बनाउने र भ्रातृ तथा शुभेच्छुक संस्था कस्ता बनाउने भन्ने विषयमा पनि छुट्टै छलफल र निर्णय गर्ने बताएका छन् ।

सभापति शेरबहादुर देउवासँगको समन्वयमा भएको सहमतिका आधारमा महामन्त्री थापाले पार्टी केन्द्रीय समितिमा आफ्ना धारणा राखेका हुन् । आगामी दिनमा शुभेच्छुक संस्था र भ्रातृ संगठन कस्ता बनाउने भन्ने सन्दर्भमा व्यापक छलफल पछि तयार गरिने छ, थापाले भने, त्यसबाट आएको निस्कर्षका आधारमा मस्यौदा समितिले विधान संशोधन गरी मस्यौदा पेश गर्ने छ । महामन्त्री थापाले नेपाली कांग्रेसको सदस्यता वितरण, परिचयपत्र वितरणसहितका काम रोकिएर बसेको भन्दै पार्टी सुदृढीकरणको १० दिने अभियानले ती सबै विषयलाई नियमित सञ्चालन गर्र्ने पार्टीका समस्या सम्बोधन गर्ने बताए । अहिले घोषणा भएको १०० दिने अभियान समुदायमा कांग्रेस, घरघरमा कांग्रेस अभियानजस्ता होइन, यो पार्टीको विशुद्ध सांगठिनक अभियान हो । तपाईंहरुले चार महिना जुन जिल्लाको जिम्मा लिनुहुन्छ तपाईंहरु त्यो जिल्लाकोे प्रमुख हो,” थापाले भने, जुन जिल्लामा विवाद छ । त्यहाँ गएर बसेर विवाद मिलाउने जिम्मा तपाईंले लिनुपर्छ । त्यसका लागि जिल्लाका कसका बीचमा मिटिङ गर्ने हो, प्रदेश वा केन्द्रका कुन नेता पदाधिकारीको सहयोग चाहिने हो । त्यो काम तपाईंले नै संयोजन गर्नुपर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *