उपसभामुखले आफैँ बहिर्गमनको बाटो रोज्दा उपयुक्त हुने नेपाली कांग्रेसको निचोड

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा साझा धारणा बनाएर अघि बढ्ने जनाएको छ । बुधबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरले सत्तारूढ दलको साझा धारणा बनेपछि संसदीय दलको बैठक बस्ने जानकारी दिए ।

उपसभामुखले अमेरिकी दूतावासलाई अन्तर्वार्ताको मिति अघि सार्न भन्दै लेखेको पत्रले संसद्को शिर झुकाएको निष्कर्ष कांग्रेसको छ । उहाँमाथि गम्भीर प्रश्न उठेको हो । संसद्लाई नै अपामानित गरेको छ , शिर झुकाएको छ । उपसभामुखले आफैँ बहिर्गमनको बाटो रोज्दा उपयुक्त हुने निचोड कांग्रेसको छ । हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले आफैँले बुझेर मार्ग प्रशस्त गर्नु अर्थात् बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ भन्ने हाम्रो भनाइ हो, घिमिरेले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *