जन्म दिनको अवसरमा प्रधानमन्त्री ओलीले ओढाए देउवालाई दोसल्ला

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जन्म दिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा दोसल्ला ओढाएर जन्मदिनको शुभकामना दिएका छन् ।

बालुवाटरमा प्रमुख तीन दलका शीर्ष नेताहरुको भेटवार्ताका क्रममा प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति देउवालाई दोसल्ला ओढाएर जन्मदिनको शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले जन्म दिनको अवसरमा सामाजिक सञ्जालमा पोष्ट सार्वजनिक गर्दै उनले लेखेका छन् : “आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ । प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो । आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *