नेपाल बैंकको ‘क्यास डिपोजिट मेशिन’सञ्चालनमा

काठमाडौं । नेपाल बैंकले नगद निक्षेप जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो मुख्य शाखा कार्यालय काठमाडौंमा पहिलो नगद निक्षेप मेसिन (क्यास डिपोजिट मेशिन) सञ्चालनमा ल्याएको हो । मेशिनको सञ्चालन भएसँगै बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउने विश्वास लिएको छ ।

नयाँ जडान गरिएको मेशिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ । हाल बैंकले आफ्नो २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *