जनता सहकारीको १६ औं साधारण सभा सम्पन्न,महेन्द्र राजथलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
भक्तपुर । जनता बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । सभाले महेन्द्र राजथलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा स्टार राजथला,सचिवमा कृष्ण गोपाल राजथला र कोषाध्यक्षमा सितालक्ष्मी राजथला निर्वाचित भएका छन् । संस्थाको सञ्चालक समिति सदस्यहरुमा सानुकान्छा राजथला,राधाकृष्ण राजथला,पूर्ण कुमार राजथला,मन्दिरा राजथला र सदस्यहरुमा हरिप्रसाद राजथला निर्वाचित भएका छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा राजु प्रजापति चयन भएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष राजेश कुमार राजथलाको अध्यक्षता तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको प्रमुख आथित्यतामा साधारण सभा सम्पन्न भएका हो । संघका अध्यक्ष लाखाजुले केही व्यक्तिले सहकारी संस्थालाई गलत तरिकाले प्रयोग गरेका कारण अहिलेको समस्या आएको बताए । संस्थाका अध्यक्ष राजथलाले सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक स्तर अभिवृद्धि गरी समुनत समाज निमार्ण गर्ने लक्ष्यका साथ संस्था अगाडि बढेको बताए । संस्थाको कारोबारलाई पारदर्शी बनाउने र सदस्यमैत्री कार्यक्रमहरु सञ्चालन गर्ने नीति संस्थाले अबलम्बन गरेको उनले जनाए । संस्थाको वित्तीय कारोबारलाई प्रविधिमैत्री बनाउँदै लैजाने योजना अनुसार संस्थाले मोबाईल बैकिङ सञ्चालनमा ल्याउनुका साथै अन्य सेवाहरु क्रमश विस्तार गर्दै लैजाने उनको भनाई छ ।
समाजमा सहकारीप्रति नकरात्मक धारणा विकास भएको भए पनि संस्थाले त्यसलाई चिर्दै सदस्यको माग र आवश्यकता अनुसार बचत तथा ऋणको कारोबारलाई निरन्तर अगाडि बढाई राखेको अध्यक्ष राजथलाले जनाए । संस्थाका सचिव राजु प्रजापतिले बार्षिक प्रतिवदेन प्रस्तुत गर्दै संस्थाले आफ्नै सुविधा सम्पन्न भवन निमांण गरी सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्न थालेको जानकारी दिए । यस आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सदस्यहरुको आवश्यकता अनुसार विभिन्न सीपमुलक तालिम सञ्चालन गर्ने, कार्यक्षेत्र भित्रका सदस्यहरुलाई विस्तारित मञ्च मार्फत संस्थाको बारेमा जानकारी दिने र सहकारीको चुनौती,र अबसरका बारेमा अन्तरक्रिया गर्ने बताए । कोषाध्यक्ष कृष्ण गोपाल राजथलाले आर्थिक बर्ष २०८०र८१ को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै शेयर पुँजी ३ करोड ८२ लाख ७२ हजार, बचत संकलन २४ करोड ३४ लाख २२ हजार, ऋण लगानी २२ करोड २२ लाख ७९ हजार र खुद बचत ३४ लाख ८२ हजार भएको बताए । संस्थामा ३३४६ जना सदस्य आवद्ध रहेका छन् । संस्थाको। जगेडा कोषमा ९० लाख ८६ हजार र अन्य कोषमा १ करोड ७१ लाख रहेको छ । सभामा सानुकान्छा राजथलाले लेख सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै एकाघर परिवारका एक जनालाई मात्र ऋण लगानी गर्न, ऋणि सदस्यसँग अन्तरक्रिया गर्न र ऋण सदुपयोगिताको विषयमा ऋण उप समितिले अनुगमन गर्न सुझाएका छन् ।