प्रभु बैंकको नाफा १ अर्ब बढी

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा न्यून अंकले मात्रै बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको हो । यो अवधिमा बैंकको ब्याज आम्दानी र खुद शुल्क तथा कमिसन बढेको कारण नाफा बढेको हो ।

यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा ३ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको वितरणेयोग्य नाफा ३२ करोड ५१ लाख रुपैयाँ थियो । यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.६८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५९.९३ रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको जगेडा कोष र निक्षेप बढे पनि कर्जा लगानी भने घटेको छ । बैंकको खराब कर्जा अनुपात बढेर ४.९४ प्रतिशत पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *