लक्ष्मी सन्‌राइज बैंकको ४२० प्रतिशत नाफा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी सन्‌राइज बैंकको नाफामा ४२०.५३ प्रतिशतले वृद्धि भएको छ । बैंकले बुधबार सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा बढेसँगै प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ नाफा आर्जनगरेको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा १० करोड ३० लाख रुपैयाँ थियो । बैंकको गत वर्षको तीन महिनाको नाफाभन्दा चालु वर्षको तीन महिनाको नाफा ५.२० गुणाले बढेको हो ।

गत आर्थिक वर्षको पहिलो तीन महिनाको प्रतिसेयर आम्दानी एक रुपैयाँ ९० पैसा थियो भने अहिले बढेर ९ रुपैयाँ २५ पै सा भएको छ । तर, बैंकको खराब कर्जामा भने सुधार देखिएको छैन । गत वर्षको तीन महिनाको तुलनामा बैंकको खराब कर्जा बढेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकको खराब कर्जा ४.६९ प्रतिशत थियो भने अहिले बढेर ५.४४ प्रतिशत पुगे को छ । बैंकको ब्याज आम्दानी घटेको छ । गत वर्षको तीन महिनामा नौ अर्बभन्दा बढी ब्याज आम्दानी गरेको यो बैंकले चालु आर्थिक वर्षको तीन महिनामा सात अर्ब ७२ करोड रु पैयाँ ब्याज आम्दानी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *