सिद्धार्थ प्रिमियरले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषलाई गर्यो ५१ लाख सहयोग
काठमाडौं । सिद्धार्थ प्रिमियरले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बाढी पहिरोले क्षति भएका जनसमुदायलाई सहयोग गर्न कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा आर्थिक सहयोग स्वरुप ५१ लाख प्रदान गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । समारोहमा इन्स्योरेन्सका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।