भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाण्डौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा साबित्रा भण्डारी र अन्जना राना मगर चम्किएपछि भारतलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ। आइतबार दशरथ रंगाशालामा भएको सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा नेपालले भारतलाई पराजित गरेको हो। विवादले दुई पटकसम्म रोकिएको खेल एक एक बराबरीमा खेल सकिएको थियो। पेनाल्टी शुटआउटमा नेपालले चार गोल गर्दा भारतले दुई गोलमात्रै गरेको हो। फाइनलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ। विवादका कारण अवरोध भएको खेल १७८ मिनेट सम्म लम्बिएको थियो।

नेपाल र भारतबीच साफको सेमिफाइनलमा दोस्रो पटक प्रतिस्पर्धा भएको हो। सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो। यद्यपि नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७ १ ले हराएर दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको थियो। खेलको प्लेयर अफ दि म्याच साबित्रा भण्डारी भएकी थिईन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *