एनआइएमबि एस क्यापिटलले ल्यायो धनतेरस अफर

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले धनतेरसको अवसर पारेर ग्राहकहरुका लागि नयाँ अफर लिएर आएको छ। यो अफर अन्तर्गत तीनजना भाग्यशाली विजेताहरु हुनेछन् । यस्तो विजेताले १ हजार इकाई उपहार स्वरुप पाउनेछन् । योजनामा योग्य हुनका लागि ग्राहकहरुले एनआइएमबिबाट हितग्राही खाता खोलेर एसआईपी रजिस्ट्रेशन गर्नुपर्नेछ । कात्तिक १३ गते अर्थात धनतेरसका दिनमा मात्रै आफ्नो पहिलो किस्ता तिर्नुपर्नेछ ।

कात्तिक १३ गते राति ११।५९ बजेसम्म रजिस्ट्रेशन गरेकालाई मात्र लक्की ड्रमा पर्ने व्यवस्था गरिएको छ । योजनाका विजेताको घोषणा भने कात्तिक १४ गते एनआइएमबि एस क्यापिटलको आधिकारिक फेसबुक मार्फत लाईभ गरिनेछ। एनआइएमबि एस क्यापिटलले योजनाको व्यवस्थापक रही एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत विभिन्न योजनाहरू सार्वजनिक गर्दै आएको छ । हाल एनआइएमबि एस क्यापिटलले १० अर्ब रूपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानीकर्ताको ६ अर्ब रूपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्रस्थानमा राख्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *