एमालेबाट कीर्तिपुरको मेयर उमेदवारमा मानन्धर सिफारिस

काठमाडौं । नेकपा (एमाले)बाट आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरको उमेदवारमा सुरेन्द्र मानन्धर सिफारिस भएका छन् । एमालेको कीर्तिपुर नगरपालिका कमिटीले मेयरको उमेदवारमा मानन्धरको नाम सर्वसम्मतरूपमा सिफारिस गरेको एमाले नेता राजन भट्टराईले जानकारी दिएका छन् । कीर्तिपुरका तत्कालीन मेयर राजकुमार नकर्मीको गएको साउन १० गते राति निधन भएको थियो ।

नकर्मी गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुने तय भएको छ । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ३९ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन हुँदै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *