जनसचेतन बचत तथा ऋण सहकारीको अध्यक्षमा गोपालध्वज श्रेष्ठ निर्वाचित

काठमाण्डौं । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गोपालध्वज श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ हाल उपाध्यक्ष हुन् । उनले कार्यबाहक अध्यक्षमा समेत जिम्मेवारी सम्हाल्दै आएका थिए । २०८१ भदौ २९ गते प्रकाशित निर्वाचन कार्यतालिका अनुसार असोज १२ गते बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । निर्वाचन उप समितिले निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको नाम घोषणा गरेको हो । निर्वाचन उप समितिको ११ औं बैठकले दुबै समितिमा एकल उम्मेदवारी परेको भन्दै निर्विरोध घोषणा गरेको हो । नवनिर्वाचित दुबै समितिका सदस्यहरुलाई कात्तिक २४ गते सपथ ग्रहण हुने समितिले जनाएको छ । नव निर्वाचित सञ्चालक समितिको उपाध्यक्ष (वरिष्ठ)मा नारायणप्रसाद दाहाल, उपाध्यक्ष (महिला) सुमिता शिवाकोटी उप्रेती निर्वाचित भएकी छिन् ।

त्यस्तै सचिवमा भरत केसी, सहसचिवमा शिवराम ढकाल, कोषाध्यक्षमा राजेन्द्र प्रसाद ढुङ्गेल निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा सन्तोष प्रसाद विमली, उर्मिला गौतम, नारायण बस्नेत, केदारप्रसाद दाहाल, पदम बहादुर पाण्डे, ज्ञान बहादुर तामाङ, शृजना घिमिरे, अमृता शेर्मा र विमला दहाल घिमिरे निर्वाचित भएकी छिन् । त्यस्तै प्रशान्त चौलागाई लेखा सुपरीवेक्षण समितिको संयोजकमा निर्वाचित भएको छन् । सदस्यहरुमा सुशिला न्यौपाने र सोम प्रसाद घिमिरे निर्वाचित भएका छन् । निर्वाचन उपसमितिको संयोजकमा सरोज उप्रती थिए । संस्थाले ३१औं वार्षिक साधारण सभा एकाइगत रुपमा सम्पन्न समेत गरेको छ । संस्थाले सात वटा एकाईमा साधारण सभा सञ्चालन गरेको थियो । संस्थाले कात्तिक २ गतेदेखि १४ गतेसम्म साधारण सभा सञ्चालन गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *