यू १९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं । युएईमा हुने एसीसी मेन्स यू १९ एसिया कप क्रिकेटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको छ। चोटका कारण यू १९ विश्वकप गुमाएका हेमन्तले नेपालको सिनियर टिमबाट समेत खेलिसकेका छन् । उनले गत फेब्रुअरीमा कीर्तिपुरमा भएको क्यानडा विरुद्धको खेलमा ओडीआईमा डेब्यु गरेका थिए । नेपाली यू १९ टोलीको उपकप्तानमा अर्जुन कुमाल छन् । यसअघि यू १९ टिमबाट आईसीसी यू १९ विश्वकप खेलिसकेका अर्जुन कुमालसहित आकाश त्रिपाठी र उत्तम रंगु थापा मगर पनि टिममा छन् । यस्तै भर्खरै सकिएको यू १९ राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरेका सन्तोष यादव, युवराज खत्री, विपिन कुमार महतो, रञ्जित कुमार पनि टोलीमा समेटिएका छन् । नेपाल ए टिमबाट खेलिसकेका मयन यादव पनि टिममा छन् । यसअघि यू १९ टिममा रहेका नरेन भट्ट र अभिषेक तिवारी पनि टिममा छन् । यू १९ राष्ट्रिय प्रतियोगितामा सन्तोष बेस्ट प्लेअर र बेस्ट बलर घोषित भएका थिए ।

यसअघि उनले नेपालको यू १६ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् । अन्तिम टोलीमा १४ जना खेलाडी मात्र हुने भएपनि रिजर्भसहित १८ खेलाडीको सूची सार्वजनिक गरिएको क्यान प्रवक्ता छुम्बी लामाले बताए । ‘१८ जनाकै नाम उता पठाउनुपर्छ । तर अन्तिम टोलीमा १४ जना प्लस रिजर्भ ४ जना हुनेछ । बन्द प्रशिक्षणमा राम्रो गर्ने खेलाडीहरु १४ जनामा पर्ने लामाले बताए । टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् भने धिरेन्द्र चन्द सहायक प्रशिक्षक छन् । यू १९ टिममा परेका १८ खेलाडीमध्ये केही खेलाडी नोभेम्बर ३० देखि नै काठमाडौंमा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि विभिन्न टिममा अनुबन्ध भएका छन् । ती खेलाडीले एनपीएलको सुरुवाती केही खेल गुमाउनेछन् ।

क्यान प्रवक्ता छुम्बी लामाले फ्रेन्चाइज टिमहरुसँग सल्लाह गरेर यू १९ एसिया कपपछि टिममा फर्कने सहमति सहित उनीहरुलाई टिममा राखिएको बताए । ‘अहिले घोषणा गरिएको टोलीमा जुन फ्रेन्चाइजको खेलाडीहरु छन् यू १९ एसिया कि खेलेर आएपछि पुनः फ्रेन्चाइजमा समावेश हुने सहमतिसहित टिममा राखेका छौं । यू १९ का कप्तान हेमन्त धामीसहित आकाश त्रिपाठी जनकपुर बोल्ट्समा अनुबन्ध छन् भने उपकप्तान अर्जनु कुमाल र नरेन साउद सुदूरपश्चिम रोयल्समा अनुबन्ध छन् । यस्तै नरेन भट्ट विराटनगर किंग्समा, रन्जित कुमार चितवन राइनोजमा, युनिश विक्रम ठकुरी कर्णाली याक्समा अनुबन्ध भएका छन् । यी ७ खेलाडीले एनपीएलको सुरुवाती केही खेल गुमाउने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *