सरकारले काटिएको लाइन भोलि १२ बजेसम्म उद्योगमा विजुली जोड्न निर्देशन
काठमाडौं । सरकारले भोलि दिउँसो १२ बजेसम्म लाइन काटिएका उद्योगमा विजुली जोड्न निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १२ बजेभित्र उद्योगको विजुली लाइन जोड्न निर्देशन दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
त्यस्तै डेडिकेटेड र ट्रंकलाइनको बिद्युत महसुल नतिरेका उद्योगीहरुसँग १५ दिनभित्रको टीओडी मिटर बमोजिम वक्यौता असुल गर्ने निर्णय पनि गरेको ती मन्त्रीले जानकारी दिए । सरकारले डेडिकेटेड र ट्रंकलाइन विवादमा गिरिशचन्द्र लाल नेतृत्वको आयोग सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।