बाल अदालत गठन गर्न न्याय परिषद्को सिफारिस
काठमाडौं । न्याय परिषद्ले बाल अदालत गठन गर्न सिफारिस गरेको छ । आज बसेको न्यायपरिषद्को बैठकले भक्तपुर जिल्लामा मुकाम रहने गरी बाल अदालत गठनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बाल अदालतलाई काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार हुने छ । यसैगरी, बैठकले उच्च अदालतका न्यायाधीशहरूको काज सिफारिस पनि गरेको छ । बैठकले जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा पनि सिफारिस गरेको छ ।