जस्मिन पेन्ट्सको “नेपाली मनको नेपाली रङ्ग’’ स्लोगन बोकेर नेपाल रंगाउदै
काठमाण्डौं । बिगत ३१ बर्ष देखि निरन्तर नेपाली ग्राहकहरुको सेवामा समर्पित यस जस्मिन पेन्ट्स “नेपाली मनको नेपाली रङ्ग’’ स्लोगन बोकेर नेपाल रंगाउदै आएको छ । यस कम्पनि नेपाली पेन्ट्स कम्पनीहरु मध्ये कै नम्बर १ पेन्ट्सको रुपमा आफुलाई स्थापित गर्नसफल भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट पुरस्कृत भैसकेको कम्पनीले अझ जिम्मेवार वहन गरि २१ औ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने नवीनतम सोच र प्रविधिका साथ उत्कृष्ठ र गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा पुर्याईरहेको छ । स्वदेशी उत्पादनहरुलाई थप शसक्त र बजारीकरण गर्नका लागि ब्यापार प्रवर्द्धन महत्वपूर्ण रहेको वर्तमान अबस्थामा यस कम्पनीले आफ्नो उत्पादनहरुलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्कालाई आफ्नो सद्भावना दुतको रुपमा नियुक्त गरेको छ ।
कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यस अघि नेपालका चर्चित कलाकारहरु लाई समेत सद्भावना दुत नियुक्ति गरिसकेको अवस्थामा पछिल्लो समय नेपाली खेल क्षेत्रको बिकास र युवाहरुको चाहना र भावना लाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अबस्थामा खेल र खेलाडीहरुलाई पनि थप प्रोत्साहन गर्ने उदेश्यका साथ उहाँ संग सहकार्यकालागि हातहरु अगाडी बढाएका छौं । उहाँसंग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथ साथै हाम्रा उत्पादनहरुलाई प्रवर्द्धन गर्न र बजारीकरण बिस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा गरेका छौं । हामी बिचको यस सहकार्यले हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरु तथा खेल प्रेमी नेपालीहरुको चाहना र भावनाको कदर गरेको महसुस भएको छ । यस सहकार्यले हाम्रा उत्पादनहरु स्वदेशी रुपमा मात्र परिचित नभई अन्तराष्ट्रिय स्तरमा नै परिचित हुनेमा बिस्वास लिएका छौं । उहाँसंगको यस सहकार्यले हाम्रा उत्पादनहरु प्रति ग्राहक बर्गहरुको बिस्वास बढ्नेमा आशावादी छौं ।