आइएमइद्वारा रोकायालाई १ करोड रुपैयाँको चेक हस्तान्तरण

काठमाडौँ । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमईले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिट मार्फत रकम पठाएकी प्रमीलालाई टोकियो स्थित नाकानो सिकिनो मोरी पार्कमा शनिवार आयोजित कार्यक्रममा आइएमईले चेक हस्तान्तरण गरेको हो । नेपालका लागि जापानका महामहिम राजदूत डा. दुर्गा बहादुर सुबेदी ,आइएमई लिमिटेडका तर्फबाट शुसिल थापा र क्योदाइ जापानका युचिरो किमोतोले प्रमीलालाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् ।

चेक बुझे पछि प्रमीलाले आइएमईमार्फत् रकम पठाउँदा आफ्नो भाग्य चम्केर प्राप्त भएको रकमबाट नेपालको कैलाली रहेका बाआमालाइ घर बनाइदिने योजना बनाएको बताइन् । गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाण्डौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमीला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन् । आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यममार्फत् रेमिटेन्स रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको आइएमई गरौँ, करोडपति बनौँ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *