दिनेशको निर्देशनमा ‘महाभोज’

काठमाडौँ । फिल्म ‘महाभोज’ निर्माण हुने भएको छ । दिनेश राउतको निर्देशन रहने फिल्मको माघको पहिलो सातादेखि छायांकन सुरु हुने भएको छ । फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, मिरुना मगर, मलिका महत, अञ्जना बराइलीको शीर्ष भूमिका रहनेछ । फिल्ममा विकास सुवेदीको लेखन छ । क्लर्क वर्क क्रिएसनले निर्माण गर्ने फिल्म सामाजिक कथावस्तुमा बन्न लागेको हो । पोखरा आसपासमा छायांकन लक्ष्य राखिएको फिल्म आगामी जेठमा प्रदर्शनमा आउनेछ । निर्देशक राउत निर्देशित यसअघि यसैवर्ष फिल्म ‘पूजार सार्की’ प्रदर्शनमा आएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *