राजेन्द्र बस्नेतद्वारा निर्देशित ‘प्रेम गीता’ नेपाली कथानक चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । ग्रिन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा नेपाली कथानक चलचित्र ‘प्रेम गीता’ को हिजो मङ्सिर १७ गतेबाट छायाङ्कन सुरु भएको छ ।

चलचित्रको छायाङ्कनकाभ्रेको जिल्लाको पाँचखालबाट सुरु भएको हो। चलचित्र ‘प्रेम गीता’ राजेन्द्र बस्नेतको डेब्यू निर्देशन फिल्म हो । उनले यसअघि फिल्म ‘कम्पन’ ‘काउसो’ जस्ता धेरै नेपाली फिल्म निर्माण गरेका थिए । प्रेम गीताबाट निर्देशनको क्षेत्रमा पनि आफ्नो कौशल देखाउने र आफूमा भएको सम्पूर्ण अनुभव प्रयोग गर्ने निर्देशक बस्नेतले सत्याग्रह अनलाइनलाई बताएका छन् ।

फिल्ममा सुशील पोखरेल, जाह्नवी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको अभिनय रहनेछ।

साजिद खान प्रस्तुतकर्ता रहेको फिल्ममा अयाज अलि खान निर्माता रहेका छन् । निर्देशक बस्नेतका अनुसार काठमाडौँ र काभ्रे आसपासमा रहेर २५ दिनको समय तालिकामा फिल्म छायाङ्कन हुनेछ ।
विनयराज पौडेल मुख्य

सहायक निर्देशक रहेको उक्त फिल्मका कथाकार सीताराम ढुङ्गेल (सीरा अगस्त्य) को एवम् पटकथा तथा संवाद मौनता श्रेष्ठको रहेको छ । चलचित्रमा २ वटा गीत रहने जनाइएको छ भने एउटा गीतको रचना कथाकार अगस्त्यको रहेको छ । रामेश्वर हुँमागाईंको छायाङ्कन, भरत बस्नेतको सङ्गीत, राजु किराँतको द्वन्द्व र रामजी लामिछानेको रेडियोग्राफी

रहनेछ । कथाकार एवम् गीत रचनाकार अगस्त्य सत्याग्रह साप्ताहिक, सत्याग्रह अनलाइन डटकम र सत्याग्रह अनलाइन टिभीका अध्यक्ष तथा प्रधान सम्पादक हुन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *