नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई नगरकोटको क्लब हिमालयमा आकर्षक छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकले नगरकोटको क्लब हिमालयमा आकर्षक छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने सम्बन्धमा दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई रुम चार्जमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिटरक्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *