हुन्डाईको नयाँ क्रेटाको नेपालमा बढ्दो आकर्षण

काठमाडौं । नेपालमा हुन्डाईको नयाँ क्रेटामा ग्राहकको आकर्षण बढ्दो छ । नेपालका लागि हुन्डाईका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार चालु आर्थिक वर्षको ४ महिनामै ३५० युनिट नयाँ क्रेटा बिक्री भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हालसम्म ६०० युनिट बढी नयाँ क्रेटा बुकिङ भएको छ । बढ्दो मागका कारण नयाँ क्रेटाको वेटिङ पिरियड २ महिना पुगिसकेको छ । हुन्डाईले ल्याएको फेसलिफ्ट क्रेटा पछाडिको डिजाइन, अगाडिको लुक्स र इन्टेरियरमा आधुनिक ट्रेन्ड समातेर बनाइएको छ । स्टायन्डर्ड रूपमै ६ एयरब्यागको साथ आएको क्रेटाको अगाडि फेसिया र पछाडिको भागमा व्यापक परिमार्जन गरिएको छ ।

अगाडि एल आकारको एलइडी डे टाइम रनिङ लाइट र नयाँ हेडल्याम्पको प्रयोग उत्कृष्ट देखिन्छ । नयाँ र पृथक रियर लाइटमा यसलाई आकर्षक देख्न सकिन्छ । क्रेटामा उपलब्ध एडास फिचरभित्र लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङजस्ता चालकलाई सहज बनाउने फिचर छन् । यसको ड्यासबोर्ड पूर्णतया नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ । यसमा दुबै स्कृन समान १०.२५ इन्चका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *