कर्णाली याक्ससँग पोखरा १०४ रनमा अलआउट
काठमाडौं । नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्स कर्णाली याक्ससँग १०४ रनमै अलआउट भएको छ ।
विलियम बोसिस्टोले घातक बलिङसामु पोखरा १६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको हो । बोसिस्टोले ४ ओभर बलिङ गर्दै मात्र २८ रन खर्चेर ६ विकेट लिए ।
लिगमा कर्णाली याक्सको यो पाँचौ खेल हो । यसअघि ४ खेलमध्ये दुईमा जित र दुईमा हार बेहारेको छ भने पोखराको यो चौथो खेल हो । यसअघि ३ खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ ।