अहिले म विपक्षी दलको नेताको हैसियतमा छु : अध्यक्ष प्रचण्ड

काठमाडौं । गोरखा–ताकुकोट सेवा समाज काठमाडौंको साधारण सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू विपक्षी दलको नेताको हैसियतमा पुगेसँगै निर्वाचन क्षेत्रमा आवतजावत गर्न पनि स्वतन्त्र भएको बताएका छन् । उनले प्रधानमन्त्री भएको बेलामा भन्दा अहिले आफूलाई थप सुविधा भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले गोरखाको विकासका लागि प्रयास गरिरहेको जिकिर गरे ।

‘अहिले म विपक्षी दलको नेताको हैसियतमा छु । र म अलिक स्वतन्त्र छु । गोरखा आउन जान पनि, तपाईंहरूसँग भेटघाट, अन्तक्रिया गर्न पनि,’ अध्यक्ष प्रचण्डले भने, ‘गोरखाका विकास निर्माणका कामहरूमा ध्यान दिन पनि प्रधानमन्त्री भएको बेलामा भन्दा अहिले सुविधा छ । विपक्षीको हैसियतले ती कुराहरू अघि बढाउने प्रयास पनि गरिरहेको छु ।’ उनले बारपाक, सुलिकोट लगायतका क्षेत्रमा पुलदेखि सडक निर्माणसम्मको कामका लागि पहल गरिएको जानकारी गराए । २०७४ को चुनावमा चितवन क्षेत्र नम्बर ३ बाट जितेका उनले यसपटक गोरखा २ बाट निर्वाचित भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *