इन्टरनेटमा देखिने तस्वीरले हाम्रो दृष्टिकोणमा कसरी परिवर्तन ल्याउँछ
सामाजिक सञ्जाल तथा इन्टरनेटमा हामीले जुन तस्वीरहरू देख्दछौं त्यसले बाहिरी दुनियाँलाई हेर्ने हाम्रो दृष्टिकोणमा व्यापक असर पार्दछ । हामी हरेक दिन डिजिटल तस्वीरहरुबाट घेरिएका हुन्छौं। ती तस्वीरहरू हाम्रो सोसल मिडिया फीड, इन्टरनेटमा हाम्रो सर्च रिजल्ट तथा हामीले ब्राउज गरेका वेबसाइटमा देखिएका हुन्छन् । यसका अलावा हामीले मेसेजिङ एप तथा इमेलका माध्यमबाट पनि तस्वीरहरू पनि प्राप्त गर्दछौं । हरेक दिन अर्बौं तस्वीरहरू इन्टरनेटमा अपलोड तथा शेयर गरिएका हुन्छन् । एक रिपोर्ट अनुसार इन्टरनेटमा एक जना प्रयोगकर्ताले औसतमा दैनिक ६ घण्टा ४० मिनेट बिताउँछ । हालैको एक शोधले इन्टरनेटमा हामीले देख्ने तस्वीरहरुले हाम्रो धारणमा पनि असर पार्ने देखाएको छ । हालै प्रकाशित उक्त शोध अनुसार गुगल, विकिपिडिया तथा इन्टरनेट मूभि डेटाबेसमा रहेका तस्वीरहरुको विश्लेषण गरिएको छ । उक्त अध्ययनमा मानिसहरुले इन्टरनेटमा किसान, सिइओ तथा टेलिभिजन रिपोर्टर जस्ता पेसाका बारेमा सर्च गर्दाखेरी उनीहरुलाई कुन लिंगका तस्वीर धेरै प्राप्त हुन्छन् भन्ने कुरामा विशेष ध्यान दिइएको थियो । त्यसको नतिजा आश्चर्यजनक रह्यो । इन्टरनेट सर्चबाट प्राप्त हुने ती तस्वीरहरुमा महिलाहरुको प्रतिनिधित्व निकै कम थियो । तथापि लैंगिकता प्रतिको रुढीवादी सोंच सशक्त रुपमा देखिइरहेको थियो । प्लम्बर, डेभलपर, इन्भेस्टमेन्ट बैंकर तथा हृदय शल्यचिकित्सक जस्ता पेशाहरुमा पुरुषका तस्वीर धेरै देखिएका थिए । त्यस्तै हाउस किपर, नर्स, चियरलिडर, बेली डान्सर जस्ता पेसाहरुमा चाहिं महिलाका तस्वीर देखिए । यतिसम्म त यो नतिजा निकै स्वभाविक थियो र त्यसमा अचम्म लाग्दो कुनै कुरा थिएन। एक अर्को अध्ययनमा शोधकर्ताहरुले अनलाइनमा देखिने तस्वीरमा लैंगिक पूर्वाग्रहको अलावा ती तस्वीर हेर्दा मानिसहरुको आफ्नो पूर्वाग्रहमा कस्तो असर पर्दछ भन्ने कुराको जान्ने प्रयास गरियो । उक्त शोधमा ४ सय २३ जना अमेरिकीहरुलाई दुई समूहमा विभाजन गरियो । उनीहरुले फरक फरक जागिर खोज्नका लागि गुगलको प्रयोग गरे । एउटा समूहले गुगल न्यूजको प्रयोग गरे भने दोस्रो समूहले गुगल इमेजको प्रयोग गरे । त्यसपछि सबै सहभागीलाई उनीहरुको पूर्वाग्रहको आँकलन गर्नका लागि एउटा जाँच दिन भनियो । जो मानसिहरुले गुगल इमेजको प्रयोग गरेर तस्वीरको खोजी गरे उनीहरुमा गुगल तथा गुगल न्यूजको प्रयोग गर्नेको तुलनामा धेरै पूर्वाग्रह देखियो ।सोधकर्ताहरुका अनुसार इन्टरनेटमा तस्वीरहरुको लोकप्रियता बढ्नाले समाजलाई हानी पुग्न सक्दछ । उनीहरु भन्छन् स् हामीले प्राप्त गरेका नतिजाहरु निकै चिन्ताजनक छन् किनकि इन्टाग्राम, स्नापच्याट तथा टिकटक जस्ता फोटोमा आधारित सोसल मिडिया प्लाटफर्महरुको लोकप्रियता निकै बढिरहेको छ । जहाँ ठूलो परिमाणमा तस्वीरहरु अपलोड, तयार तथा शेयर गरिन्छन् । सोही प्रकारले गुगल जस्ता लोकप्रिय सर्च इन्जिनहरुले पनि तस्वीरहरुको प्रयोग धेरैभन्दा धेरै गर्न थालेका छन् । उदाहरणका रुपमा जब तपाइँले गुगल सर्चमा केही खोज्नुहुन्छ त्यसक्रममा प्रायः लेख्य सामग्रीसँगै तस्वीरहरु पनि देख्न सकिन्छ । अनलाइनमा पहिलेदेखि नै सेयर भइरहेका तस्वीरहरू कस्तो प्रकारबाट एआई मोडलमा प्रयोग भइरहेका छन् भन्ने विषय पनि समस्याको रुपमा रहेको छ । हालै यस बारेमा अध्ययन गर्ने क्रममा च्याट जिपिटीलाई फरक फरक जागिरका दर्जनौं तस्वीरहरू तयार पार्न लगाइएको थियो । त्यसमा डाक्टर, वकिल, वैज्ञानिक, कमेडियन, कवि, शिक्षक, पोषणविज्ञ, सीईओ तथा विशेषज्ञ जस्ता पेसाहरु सामेल थिए। त्यसक्रममा नर्स तथा हाउसकिपर जस्ता दुई वा तीनवटा नतिजाहरुलाई छाडेर हरेक पेसामा पुरुषका तस्वीर देखिएका थिए। त्यसमा पनि अधिकांश ठाउँमा ३० वर्ष आसपासको एउटा गोरो पातलो पुरुषको तस्वीर देखिएको थियो। त्यसपछि च्याट जेपीटीसँग अन्य विभिन्न प्रकारका मानिसका तस्वीरहरू बनाउन लगाउँदा कुनै बुद्धिमान व्यक्ति, एउटा सफल व्यक्ति वा कुनै खास शो हेर्ने व्यक्तिको रुपमा समेत हरेकचोटि चम्किलो कपाल भएको एउटा गोरो पुरुष मात्रै देखापर्यो । आखिर यस्तो किन हुन्छ रु वास्तवमा च्याट जिपिटी जस्ता एआई मोडेलहरूले इन्टरनेटमा पहिलेदेखि नै रहेका तस्वीरहरूको मद्दतले नतिजा तयार पार्दछन् । यसका साथै एउटा यस्तो चक्रको सुरुआत हुन्छ जसलाई तोड्न कठिन हुन्छ। एआई मोडेलले जति धेरै पक्षपात वा विभेदयुक्त तस्वीर देखाउँछ त्यसलाई हामीले त्यत्ति नै धेरै मात्रामा देख्नुपर्ने हुन्छ । अनि हामी त्यो तस्वीरलाई जति धेरै हेर्दछौं हामी उति नै धेरै पक्षपाती बन्दछौं। त्यसैगरी हामी जति धेरै पक्षपाती अर्थात् विभेदयुक्त बन्दै जान्छौं हामीलाई उति नै धेरै थप त्यस्ता विभेदयुक्त तस्वीर देखाइन्छ। फलतः हामीले त्यस्ता पक्षपाती तस्वीर बनाउने तथा अपलोड गर्ने क्रम पनि उत्ति नै धेरै बढ्दछ। त्यसो भए यो समस्याको समाधान के हो त रु आखिर यो समस्याको समाधानका लागि के गर्न सकिन्छरु यसमा सबैभन्दा धेरै जिम्मेवारी प्रविधि तथा एआई कम्पनीहरूको रहेको छ । तथापि यी कम्पनीहरूको उद्देश्य राम्रो हुँदाहुँदै पनि यो समस्याको समाधान भएको देखिएको छैन । उदाहरणका लागि नश्लीय, लैङ्गिक वा अन्य पूर्वाग्रहहरूको समस्या समाधान गर्ने प्रयासमा गुगलको एआई टूल जेमिनी कहिलेकाहीं आवश्यकताभन्दा अधिक सुधारक बन्ने क्रममा चिप्लिएको पाइएको छ । जेमिनीलाई संयुक्त राज्य अमेरिकाको संस्थापक पिता को एउटा तस्वीर तयार पार्न लगाउँदा उसले एकजना काला जातिका व्यक्तिको तस्वीर बनायो । जुन वास्तवमा यथार्थ होइन । त्यस्तै जेमिनीले दोस्रो विश्वयुद्धमा जर्मन सैनिकको तस्वीर बनाउने क्रममा एकजना काला जातिका व्यक्ति र एकजना एसियाली मूलकी महिलालाई देखायो । जुन पनि तथ्यगत रुपमा गलत हो। वास्तवमा हामीले अनलाइनको संसारमा जे कुरा देख्छौं त्यसको नियन्त्रण आफ्नो हातमा लिनुपर्ने हुन्छ । हामीले प्राय यो कुरालाई नजरअन्दाज गर्दछौं कि हामीले केही हदसम्म आफ्नो सोसल मिडिया फीडलाई नियन्त्रण गर्न सक्दछौं । यसका लागि हामीले सोसल मिडियामा फरक(फरक पृष्ठभूमिका मानिसहरू वा फोटोग्राफरहरूलाई फलो गर्न सक्दछौं। साथै एआई च्याटबट वा सर्च इन्जिनमा जिज्ञासा राख्ने क्रममा आफ्ना प्रश्नलाई फरक ढंगबाट राखेर पनि सर्च रिजल्टलाई परिवर्तन गर्न सकिन्छ । यसको सबैभन्दा शानदार तरिका आफ्नो समयलाई नियन्त्रण गर्नु हो। कला उद्यमी मरिन टेङ्गुईको किताब द भिजुअल डिटक्सः हाउ टू कन्ज्यूम मिडिया विदाउट लेटिङ इट कन्जुम यु मा उल्लेखित डिजिटल डिटक्स प्लानमा पनि केही राम्रा कुराहरु गरिएको छ। जसरी जस्तो कि हामीले आफ्नो स्क्रिन टाइम आफैले नियन्त्रण गर्न सक्दछौं । यसका लागि हामी त्यस्ता एपहरुलाई फोनबाट हटाउन सक्छौं जसको खासै धेरै प्रयोग हामीले गरिरहेका हुँदैनौं। त्यस्तै हरेक दिन केही घण्टा कुनै पनि डिजिटल ग्याजेट बिनै खुल्ला वातावरणमा टहलिएर वा कुनै जमघट र भेटघाटमा तथा पुस्तक पढेर वा खेल खेलेर समय बिताउन सक्छौं। आफ्नो फोनमा कुन एप कति समयसम्म चलाउने भनेर समयसीमा निर्धारण गर्न पनि सकिन्छ । त्यसो गरेपछि निश्चित समय चलाएसँगै फोनमा समय सकिएको चेतावनी सन्देश आउँछ र यसले हामीलाई स्क्रिन टाइम घटाउन मद्दत गर्दछ । तथापि सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको हाम्रो जागरुकता नै हो। हामीले इन्टरनेटमा हरेक दिन त्यस्ता कति तस्बिर देख्छौं जसलाई जानीबुझिकन हाम्रै लागि बनाइएको हुन्छ र देखाइएको हुन्छ भन्ने कुराको हेक्का हामीले राखिरहेका हुँदैनौं । त्यस्ता कतिपय तस्वीरहरू हामीलाई कुनै चिज खरिद गर्न बाध्य पार्नका लागि समेत बनाइएको हुन्छ। तर दिनदिनै इन्टरनेटमा त्यस्ता तस्वीर हेर्ने क्रम झनै बढिरहेको छ ।