नेपाल लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ को लाभांश घोषणा गरेको छ । पुस २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांशमा बोनस सेयर १० प्रतिशत र नगद लाभांश ११.०५ प्रतिशत (करसहित) रहेको छ। इन्स्योरेन्सको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २५ औं वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।