माओवादी केन्द्रको पदाधिकारी बैठक सर्यो, अब माघ २ गते बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ ।

आज (सोमबार) दिउँसो २ बजे बस्नेगरी तय भएको बैठक अब बुधबार अथात् माघ २ गते मात्रै बस्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार बैठकमा पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय कार्यान्वयन लगायत विषयमा छलफल हुनेछ । केन्द्रीय समिति बैठकले ६ महिनाभित्र जबस मोर्चाको अधिवेशन गर्ने, जनतासँग माओवादी अभियान चलाउने र एक वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशनमा जाने लगायतका निर्णय गरेको थियो ।

 बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे समेत छलफल हुने छ । ‘बैठक आज बस्ने तय गरेका थियौं । विविध कारणले बुधबारसम्मका लागि सर्‍यो,’ सचिव देवेन्द्र पौडेलले भने । बैठकले केन्द्रीय समिति बैठकको निर्णयसहित परिपत्र जारी गर्न सक्ने नेताहरूले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *