विरेन्द्रनगर साकोसले पायो सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र
सुर्खेत । विरेन्द्रनगरमा मुख्य कार्यालय रहेको विरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र पाएको छ । उक्त इजाजतपत्र विरेन्द्रनगर साकोस कर्णाली प्रदेशकै पहिलो सहकारी बनेको छ । प्राधिकरणले संस्थालाई इजाजतपत्र प्रदान गरेको हो । संस्थाले इजाजतपत्र नं. २०५८– ००००७ प्राप्त गरेको छ । प्राधिकरणले मंसिर १० गते ‘सहकारी दर्ता पोर्टल सार्वजनिक गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सञ्चालन इजाजतपत्र आवेदन खुला गरेको थियो । सुर्खेत जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्था २०५८ साल असार २२ गते २७ जना सदस्यहरुबाट सुरु भएको थियो ।
संस्थामा हाल २३ हजार ७ ८७ जना सदस्य आवद्ध छन् । १९ संस्थागत सदस्य रहेको संस्थामा ४ हजार ४१८ बाल सदस्य छन् । २०८२ मंसिर मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी १६ करोड १ लाख, जगेडा कोष ६ करोड ४८ लाख, कुल संस्थागत पुँजी ६ करोड ७९ लाख, कुल बचत ९९ करोड ८९ लाख, कर्जा लगानी १ अर्ब १० करोड र कुल सम्पत्ति १ अर्ब ४२ करोड रहेको छ। संस्थामा २३ हजार ६ सय सदस्य आवद्ध रहेका छन् । प्राधिकरणका अनुसार १६० सहकारी संस्थाले इजाजतपत्र प्राप्त गर्न आवश्यक पर्ने सम्पूर्ण कागजात सफ्टवेयर मार्फत प्रविष्ट गरिसकेका छन् ।
















