रास्वपा सभापति लामिछानेको थुनछेक बहस जारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेको थुनछेक बहस काठमाडौँ जिल्ला अदालतमा आज बिहानदेखि जारी रहेको हो । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज १० बजे इजलासमा उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो । आइतबार थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा पठाइएको थियो।
रविमाथि गोर्खा मिडियामार्फत स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताको पाँच करोडभन्दा धेरै अपचलन गरेको आरोप छ ।