वर्तमान सरकार बनेपछि भ्रष्टाचारका फाइनल बन्दहुन थाले-विपक्षी दल

काठमाडौं । विपक्षी दलहरूले वर्तमान सरकार बनेपछि भ्रष्टाचारका फाइनल बन्द थालेको बताएका छन् ।

वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको समेत उनीहरूको भनाइ छ । सरकारबारेको साझा धारणा सार्वजनिक गर्दै विभिन्न सात विपक्षी दलले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउन उद्यत रहेको आरोप लगाएका हुन् । ‘देश र जनताको हित प्रतिकूल सरकारका निरङ्कुश गतिविधिका कारण आम जनतामा राज्य र सरकार प्रति चरम निराशा उत्पन्न भइरहेको छ । सरकारले भ्रष्टाचार विरोधी अभियानलाई पूरै अवरुद्ध गरेको छ । ‘सरकारले भ्रष्टाचारीहरूलाई जोगाएको छ । भ्रष्टाचार बढाएको छ,’ विपक्षी दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भने, ‘सत्तारुढ दलका भ्रष्टाचारमा मुछिएका नेता तथा कार्यकर्तालाई यो वा त्यो बहानामा उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ ।’

विपक्षी दलहरूले वर्तमान सरकार बनेपछि विगतको सरकारले अगाडि अनुसन्धान अगाडि बढाएका भ्रष्टाचारका विभिन्न काण्डका फाइल बन्द गरेको समेत बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *