छविलाल जोशीलाई हिरासतमा राख्न आदेश
काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई जिल्ला अदालत काठमाडौंले हिरासतमा राख्न आदेश दिएको छ।
आइतबार आफैं अदालतमा हाजिर भएका जोशीको बयान नसकिएपछि उनलाई आज हिरासतमा राख्न आदेश दिएको हो । उनको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । स्वर्णलक्ष्मी सहकारी को रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने ६० लाख धरौटी तिरेर छुटिसकेका छन् ।
जोशीलाई यसअघि कास्की जिल्ला अदालतले बिहीबार उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।